देश

ललिता निवास जग्गा प्रकरणमा आज थप दुई जना पक्राउ



काठमाडौ, १८ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार दुई जनालाई पक्राउ गरेको छ ।

ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन् । पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन ललिता निवास जग्गामा मोही बनेका थिए ।

यसअघि आइतबार ब्युरोले तीन जनालाई पक्राउ गरेको थियो । ललिता निवास प्रकरणमा हालसम्म ब्युरोले पक्राउ गरेकाको संख्या ९ पुगेको छ ।

प्रकाशित : १८ असार २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६