प्रदेश

राप्ती सोनारीमा बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै



बाँके, १९ असार । बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर र खल्लाझगडिया टोलमा बाढीबाट बस्ती जोगाउन तटबन्धको काम सुरु भएको छ । राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिममा रहेको राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नं ७ को खल्लाझगडियामा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अगाडि बढेको छ ।

राप्ती नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि ठुला ढुङ्गाको साहरामा नदी नियन्त्रणको काम सुरु भएको जनताको तटबन्धका इन्जिनियर सूर्यदेव नायकले बताए । उनका अनुसार बोलपत्र आह्वान गरेर काम गर्ने समयावधि नभएका कारण उपभोक्ता समितिमार्फत काम गर्न लागिएको हो । कचनापुरको मधुवामा काम सुरु भइसकेको छ भने खल्लाझगडियामा उपभोक्ता समिति बन्ने क्रममा रहेको छ ।

“तारजालीसहितको तटबन्ध बनाउने योजना छैन, त्यसैले ठुला ढुङ्गाको साहरामा कटान रोकेर बस्ती बचाउने प्रयास गरिएको छ”, उनले भने, “मनसुन सुरु भइसकेकाले अत्यावश्यक र जोखिमयुक्त स्थानमा यस्तो कार्य गर्न थालिएको हो ।”

तटबन्ध निर्माण हुन नसके राप्ती नदीमा ठुलो बाढी आए गाउँतर्फ पस्ने ठुलो सम्भावना रहेको थियो । तटबन्ध निर्माणकार्य गर्न लागिएको सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमूना)ले बताए ।

गत वर्ष राप्ती नदीमा आएको बाढीले मधुवाघाट र खल्लाझगडियामा तटबन्ध भत्काएको थियो । अहिले नदी नियन्त्रण हुन नसके बाढी गाउँतर्फ पस्ने ठुलो सम्भावना रहेकाले मनसुन सुरु भए पनि तटबन्धको काम गर्नुपरेको बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकालले बताए ।

स्थानीय विपद् व्यवस्थापन समितिको मागअनुसार कचनापुरको मधुवाघाट र खल्लाझगडिया टोलमा तटबन्ध निर्माणार्थ ढुङ्गा उत्खननका लागि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले अनुमति दिइसकेको छ । रासस

प्रकाशित : १९ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६