प्रदेश

अनुदान र नियुक्तीमा कार्यकर्ता राखेको आरोप, बुद्धभुमिका मेयर श्रेष्ठलाई ज्ञापन पत्र




कपिलवस्तु, १९ असार ।
बुद्धभुमि नगरपालिकामा भएका गलत अभ्यासलाई सुधार गर्न एमालेले नगरप्रमुख केशव कुमार श्रेष्ठलाई ज्ञापन पत्र पेस गरिएको छ । एमाले बुद्धभुमि नगर कमिटिले मंगलबार नगरप्रमुख श्रेष्ठलाई पालिकामा सुशासन, सदाचार, पारदर्शिता कायम राख्न आग्रह गरेको छ । ज्ञापन पत्र पेस गर्दै एमाले बुद्धभूमि नगर अध्यक्ष ध्रुव प्रसाद न्यौपानेले पालिकाले कार्यकर्ता पोस्ने काम पुन गरेका आन्दोलन गर्ने चेतावनी समेत दिनु भएको थियो ।


पालिकाले कुनै कमजोरी गरेको भए त्यसको सुधार गरिने बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले बताउनु भयो । ज्ञापन पत्रका नगरपालिकाले कृषि उपकरण बितरण गर्दा किसान भन्दा मेयर निकटका कार्यकर्ता टाठाबाठा सुकिलामुकिलाको हातमा पुगेको जनाइएको छ । कोन्द्रे तथा अगैया लगाएतका नदिनालाको संरक्षण गर्नु पर्नेमा मापदण्ड बिपरित र तोकिएको परिमाण भन्दा बढी नदी दोहन हुदा नगरपालिकाबाट कुनै निगरानी नभएको र मुकदर्शक बनेको उल्लेख गरिएको छ । योजनाको उपभोक्ता समिति गठन गर्दा आफु अनुकुल राख्ने र कमसल र गुणस्तरहिन काम हुँदा पालिका गैर जिम्मेवार भएको एमाले बुद्धभूमि नगर इन्चार्ज देवि बेल्वासेले बताउनु भयो ।


चुनावको समयमा भुमिहिन जनतालाई हस्ताक्षर विनाको अस्थायि निस्सा दिने तर त्यस पछि हाल सम्म प्रक्रिया अगाडि नबढाएको प्रति गम्भिर आपत्ती प्रकट गरेका छन् । मिलेमतोमा ठेक्का दिएको वडा नं.४ स्थित बुड्ढी दिउरी तालको ठेक्का तत्काल बदर गरी पुन ः राष्ट्रिय दैनिक तथा लुम्बिनी प्रदेश स्तरका पत्र पत्रिकाबाट व्यापक प्रचार प्रसार गरी स्थानिय किसानलाई सिचाई सुनिश्चता हुने गरी ठेक्का प्रक्रिया मार्फत ठेक्का दिन आग्रह गरिएको छ ।


जनताको आधारभुत आवश्यकता पूरा गर्न सुरक्षित आवास कार्यक्रममा प्रदेश र नगरको लगानीबाट खरिद गरि बितरण हुने जस्तापाता र हेण्डपाइपमा समेत आफ्ना नेता, कार्यकर्ताको सिफारिसमा पार्टी समर्थित कार्यक्रतालाई मात्रै छानिछानी बितरण गर्ने गरेको नगरप्रमखलाई आरोप लगाइएको छ ।

प्रकाशित : १९ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६