प्रदेश

चोरी घटनाको मूख्य नाइके गोरखपुरकी “लेडी डन” भैरहवाबाट पक्राउ



भैरहवा, २१असार । भारतको गोरखपुरमा “लेडी डन” को नामले चर्चित गीता तिवारीलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ । चोरी, लुट, हत्या आरोप लगायतको घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनि धरौटीमा रिहा भएकी थिईन । तिवारीलाई रुपन्देही प्रहरीले बिभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मूख्य आरोपी हुन । भारत गोरखपुर बस्ने ४३ बर्षिय गीता तिवारीले बैशाख ९ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ बस्ने हेमन्त कुमार हलवाईको घरबाट सुनका गरगहना सहित ५० लाख बराबरको चोरी गरेको घटनामा संलग्न रहेको एसपी विश्वकर्माले बताउनु भएको छ।


यस्तै बैशाख २३ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ बस्ने डाक्टर नरेन्द्र चौधरीको घरबाट सुन चाँदीका गहना, ल्यापटप र ३ लाख ८० हजार रुपैया चोरी गरेको, जेठ ३ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८ बस्ने हुमनाथ पाण्डेको घरबाट ६० हजार नगद सहित ल्यापटप, मोबाईल, सुनको औठी चोरी गरेको आरोप प्रहरीले लगाएको छ ।

तिवारीकै समूहले असार ११ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ बस्ने श्याम सुन्दर अग्रवालको घरबाट सुनको गहना, ल्यापटप मोबाईल लगायत नगद १ लाख १५ हजार लुटेको प्रहरीको दावी छ । प्रहरीले तिवारीलाई सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ बस्ने दिपक यादवको घरबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले तिवारीबाट कटुवा पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, केएफ ७ दशमलव ६५ लेखेको गोली ३ राउण्ड, २ वटा खुकुरी, १ वटा चक्कु, सलाई रिन्च ३ वटा, छिनो १ वटा, एक वटा मोटरसाईकल , भारतीय नम्बर प्लेट भएको स्कुटि १ वटा, ग्यासकटर, ७ हजार ६ सय ६५ नेपाली रुपैया र ५ हजार ४ सय ४५ भारतीय रुपैया बरामद भएको एसपी बिश्वकर्माले बताउनु भएको छ ।

पक्राउ परेकी तिवारीलाई चोरी तथा डाका सम्बन्धि कसुरमा ५ दिन म्याद थप गरि अनुसन्धान भईरहेको उहाले बताउनु भएको छ । यस्तै हातहातियार तथा खरखजाना सम्बन्धि कसुरमा समेत अनुसन्धान भईरहेको विश्वकर्माको भनाई छ । तिवारीका समूहका अन्य सदस्यहरुको समेत खोजी भईरहेको उहाले बताउनु भएको छ ।

प्रकाशित : २१ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६