देश

ललिता निवास प्रकरणमा राजनीतिक हस्तक्षेप छैनः गृहमन्त्री श्रेष्ठ



काठमाडौँ, २२ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन र अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप नभएको दावी गरेका छन् । मन्त्री श्रेष्ठले शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललिता निवास जग्गा हिनामिना प्रकरणमा भइरहेको अनुसन्धानमा संलग्न जोसुकै संलग्न भेटिएपनि कारबाही प्रक्रिया नरोकिने बताए ।

‘तथ्य र प्रमाणले पुष्टि भयो भने जोसुकै पनि पक्राउ पर्छन्’, मन्त्री श्रेष्ठले भने, ‘तथ्य र प्रमाण छैन भने कसैलाई दुःख दिन मिल्दैन ।’ उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईवी र त्रित्राल आयोगको प्रतिवेदनका आधारमा ललिता निवासबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित : २२ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६