देश

ललिता निवास प्रकरणः थप २ जना पूर्वकर्मचारी पक्राउ



काठमाण्डौ, २६ असार । बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई पूर्वकर्मचारी पक्राउ परेका छन् ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्रलाई काठमाण्डौबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । मन्त्रिपरिषदबाट भएका निर्णयको अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको बनाउन नक्कली फाइल खडा गरी नासु पौडेल हुँदै प्रमुख मालपोत अधिकृत कलाधर देउजासमक्ष पेस गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

योसँगै यस प्रकरणमा पूर्वसहसचिव सुधीरकुमार शाह र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पक्राउ पर्नेको सङ्ख्या १४ जना पुगेको छ । यस प्रकरणमा चार सय जनाभन्दा बढीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

प्रकाशित : २६ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६