प्रदेश

कपिलवस्तुमा सर्पको डसाइबाट चार जनाको ज्यान गयो



कपिलवस्तु, २६ असार । कपिलवस्तुमा सर्पको डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएको छ । गएराति बुद्धभूमि नगरपालिका–१ मा विषालु सर्पले डस्दा दुई दाजुभाइको ज्यान गएको हो ।

नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालको ज्यान गएको गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । सोमवार राति घरमा सुतिरहेको बेला उनीहरुलाई सर्पले डसेको हो ।

बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि स्थानीय अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा ज्यान गएको हो ।

यसैगरी सोमवार हिजो बिहान बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको पनि सर्पको डसाइबाट ज्यान गएको छ । सर्पले डसेलगत्तै उनलाई गोरुसिङ्गेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

सोमवार नै महाराजगञ्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको पनि सर्पको डसाइबाट ज्यान गएको छ । हिजो दिउँसो घर नजिकै पराल निकाल्ने क्रममा उहाँलाई गोमन सर्पले डसेको थियो ।

लगत्तै गोरुसिङ्गे उपचार केन्द्रमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार नभएपछि बुटवल लैजाँदै गर्दा उहाँको पनि बाटोमै ज्यान गएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । जिल्लामा बर्खा लागेसँगै सर्पको बिगबिगी बढिरहेको छ ।

प्रकाशित : २६ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६