देश

ओली बोल्दाबोल्दै बालिकाले माइक खोसेपछि…



काठमाडौँ, २६ असार। मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै थिए । नेकपा एमाले बागमती संगठन कमिटीको सातौँ बैठकलाई ओलीले सम्बोधन गरिरहेका बेला एक बालिका एकाएक मञ्चमा पुगिन् ।

ती बच्चा मञ्चमा पुगेपछि ओलीले बोल्न रोकेर उनीतर्फ हात फैलाए । ती बालिकालाई तानेर आफू छेवैमा राखेका ओलीले बोल्दै गरेको माइक खोसिन् र बोल्न थालिन् । बालिकाले माइक समातेर केहीबेर ‘फु..फु..’गरिन् ।

बालिकाले माइकमा बोलेको भने बुझिएन । बालिका अझै बोल्न खोजेपछि ओली आफैले ती बालिकालाई अर्को माइक तानेर मुखछेउमा लगिदिए । ती बालिकाले पुन बोलिन तर कुरा बुझिएन । करिब १ मिनेटजति बोलेपछि ती बालिकालाई कसैले मञ्चबाट लग्यो ।

मञ्च छाड्नुअघि ओलीले बालिकालाई भने, छोरी अव तिमी र म भरेभरे फोटो खिच्नुपर्छ है !’ ती बालिकाले समातेको माइकमा ओलीका सहयोगीहरुले सेनिटाइजर छर्के । अनि ओली पुन बोल्न थाले । भने, ‘नातिनीले नेता हुने छाँट देखाइन् ।’ साभार

प्रकाशित : २६ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६