देश

खराब मौसमका कारण दुर्घटनास्थल पुग्न सकेनन् शव लिन गएका हेलिकप्टर




काठमाण्डौं, २६ असार । मनाङ एयर हेलिकप्टर दुर्घटनामा परेकाहरूको शव लिन गएका दुई हेलिकप्टर दुर्घटनास्थलमा पुग्न सकेका छैनन्।
खराब मौसमका कारण लिखुपिके गाउँपालिका-५ लामजुरा डाँडास्थित दुर्घटनास्थलमा अल्टिच्युट एयरको दुईवटा हेलिकप्टर पुग्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

दुर्घटनास्थल जान नसकेपछि सोलुखुम्बुकै भकञ्जेमा अवतरण गरिएको छ। घटनास्थलमा स्थानीय र प्रहरी खटिएका छन्।प्राधिकरणका अनुसार उनीहरूको सहयोगमा शवलाई गाडीमा हालेर भकञ्जेसम्म ल्याउने तयारी छ।

त्यहाँबाट शवलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याउन लागिएको हो। प्राधिकरणले सिम्रिक एयरको अर्को हेलिकप्‍टर पनि परिचालन गरेको छ।

मंगलबार बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको ‘नाइन एनए–एमभी’ हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।

सम्पर्कविहीन भएको हेलिकप्टर लामजुरामा दुर्घटना भएको खबर पाएपछि प्रहरीको टोली पुगेको हो। दुर्घटना हुँदा पाइलट चेतबहादुर गुरूङ र पाँच मेक्सिकन नागरिकको मृत्यु भएको छ।

प्रकाशित : २६ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६