प्रदेश

दाङमा फरार दुईजना पक्राउ



दाङ, २७ असार । दाङमा प्रहरीले सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गढवा गाउँपालिका ७ मानपुर बस्ने ३५ वर्षीय टीकाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

२०७९ साल वैशाख ६ गते उनलाई दाङ जिल्ला अदालतले सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद र ३० हजार जरिवानाको फैसला गरे पनि उनी फरार थिए।

उनलाई गत २२ गते गढवा गाउँपालिका ७ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए। साथै उनलाई दाङ जिल्ला अदालतमा बुझाइएको समेत प्रहरीले जनाएको छ।

यसैगरी प्रहरीले सालको काठ काटी ओसारपसार सम्बन्धी मुद्दा फरार एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगर १२ बगिया रातामाटा बस्ने २७ वर्षीय दीपक चौधरी रहेको प्रहरीले जनाएको छ। उनलाई २०७८ साल साउन २८ गते दाङ जिल्ला अदालतले सालको काठ काटी ओसारपसार सम्बन्धी मुद्दा १ हजार ५४ रुपैयाँको जरिवानाको फैसला गरेको थियो।

उनी फरार रहेका थिए। उनलाई सोमबार घोराही १२ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको र दाङ जिल्ला अदालतमा बुझाएको समेत प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित : २७ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६