प्रदेश

बाणगंगामा के भए एक वर्षमा भौतिक विकासका प्रगती ?




हरि घिमिरे, २८ असार ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले एक आर्थिक बर्षमा विभिन्न भौतिक निमार्णका काम गरेको छ । नगरपालिकाले स्थानिय तहको निर्वाचन २०७९ पछि अलि चाँसोका साथ भौतिक निमार्णका कामलाई तिव्रता दिएको हो ।


नगरपालिकाले आ.ब २०७९/८० मा १०.१ किलोमिटर बाटो पिच गरेको तथ्याङ्क निकालेको छ । नगरपालिकाले बाणगंगा नगरपालिकाका ११ वटा वडामा भएको भौतिक निमार्णको एकमुष्ठ विवरण निकालेको हो ।


यस्तै नगरपालिकाले ३४ किलोमिटर २ सय ९ मिटर बाटो ग्राभेल, १४ किलोमिटर ९ सय १३ मिटर ग्राभेल बाटो र्ममत भएको उल्लेख छ । यस्तै ५ किलोमिटर ७६ मिटर नालि निमार्ण, ६ किलोमिटर ८ सय ७० मिटर कुलो, २ किलोमिटर २९ मिटर नहर निमार्ण गरेको नगरपालिकाका ईन्जीनियर सुरज घिमिरेले जानकारी दिए ।


घिमिरेले दिएको जानकारी अनुसार नगरका विभिन्न स्थानमा गरि ६ किलोमिटर १ सय ६५ मिटर विद्युतका पोल तथा तार विस्तार गरिएको जनाए । यस्तै नगरपालिकाका सवै स्थानमा गरि ३२ वटा कल्र्भट, १४ वटा विद्यालय भवन, २ वटा मदरसा, १६ वटा मन्दीर, ५ वटा प्रतिक्षालय निमार्ण भएका छन् ।


नगरपालिकाले ५ वटा समुदायिक भवन, ५ वटा कर्भडहल, ३ वटा पार्क निमार्ण गरेको छ । त्यस्तै ८ सय ५९ मिटर बाटो ढलान, १ किलोमिटर ५५ मिटरमा लकिङ्ग ब्लक, ४३ वटा खानेपानिका ह्यान्डपम्प निमार्ण भएको जनाएको छ ।


यस्तै नदि नियन्त्रणका लागि नगरपालिकाले २ सय ३८ मिटर बाँध निमार्ण गरेको हो । नगरपालिकाले आर्थिक २०७९/८० मा भन्दा २०८०/८१ मा भौतिक निमार्ण कार्यलाई अझै तिव्रता दिईने जनाएको छ । आर्थिक २०७९/८० मा भन्दा २०८०/०८१ मा भौतिक निमार्ण कार्यलाई अझौ तिव्रता दिईने जनाएको छ ।

प्रकाशित : २८ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६