प्रदेश

गुल्मी पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा



गुल्मी, २९ असार । शुक्रबार भब्य समारोहका बीच गुल्मी जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिब डाक्टर विनोदकुमार गिरीले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन् ।

जिल्ला समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समिति गुल्मीका संजक द्रोणबहादुर खत्रीलाई घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै गिरीले अभियान सफल पार्न सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे । जिल्लामा १५ महिना मुनिका बच्चाहरुलाई अब खोप सुनिश्चितता भएको बताउँदे उनले लुम्बिनी प्रदेमा चौथो जिल्लाको रुपमा पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा हुन सकेकाजानकारी गराए । गुल्मी जिल्लालाई २०७१ साल चैत ३० गते नेपालमै सातौ जिल्लाको रुपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गरिदै आएको छ । जिल्लाभन्दा पहिला वडा र गाउँपालिकाहरु पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गर्नुपर्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

कार्यक्रममा ईस्मा गाउँपालिका अध्यक्ष भगतसिंख खड्कालले अझै पनि समाजमा महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्ने र गर्भवती अवस्थामा उनीहरुलाई अभावहरु प्रयाप्त भोषणको व्यवस्थामा जोड दिए । जिल्लामा १५ महिना मुनिका चार हजार सात जना बालबालिकाले पूर्ण खोप लगाएको, १६ देखि २४ महिनासम्मका दुई हजार ६१४ जना रहेकोमा चार जना आंशिक रुपमा खोप लगाउन छुटेको पाइएको छ । जिल्ला खोप समन्वय समितिले पूर्ण खोप दिगोपन सुनिश्चतता गर्न १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

बालबालिकामा हेपाटाईटिस बी नियन्त्रण साथै खोपद्वारा बचाउन सकिने अन्य रोगहरूमा उल्लेखनीय कमी आएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वाथ्य निरीक्षक बोम अर्यालले जानकारी दिए । जिल्लामा खोपकेन्द्र तीन सय ३२ वटा रहेका छन् भने १२ वटै पालिकामा खोप भण्डारण उपकेन्द्र छन् । पूर्ण खोप दिगोपन सुनिश्चतताका लागि विभिन्न रणनीतिक योजनाहरु निर्माण गरिएको छ । प्रभावकारी एवम् गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्र महिना भित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको समिक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणको लागि सुक्ष्मयोजना अध्यावधिक र छुट बच्चाहरुलाई खोप प्रदान गरिने गरेको स्वास्थ्य कार्यालय प्रमुख पशुपति आचार्यले जानकारी दिए।

प्रकाशित : २९ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६