प्रदेश

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतक परिवारसँग सहमति, अस्पतालको सेवा सुरु



दाङ, ३० असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ बर्षीय बालकको मृत्यु भएको बिषयमा मृतक परिवार र अस्पतालबीच सहमति भएको छ ।

शुक्रबार राति अस्पताल प्रशासनसँगको वार्तामा सहमति भएपछि मृतब बालकको परिवारले आन्दोलन फिर्ता लिएको छ । शनिबारदेखि अस्पतालको आकस्मिकसहित सेवा सञ्चालन भएको छ ।

बिहीबार उपचारका क्रममा घोराही उपमहानगरपालिका ३ का ११ बर्षीय बालक आक्रोश नेपालीको मृत्यु भएपछि परिवारका सदस्य र आफन्तले आन्दोलन गर्दै प्रतिष्ठानको सेवा बन्द गराएका थिए ।

मृतह परिवार र अस्पताल पक्षबीच बालकको मृत्यु भएको घटनाको छानबिन गर्न घोराही ३ का वडा अध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा। विकास लामिछानेले जानकारी दिए ।

वार्तामा मृतकको परिवारका सदस्यलाई रोजगारी दिने, परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाई सहयोग संकलन गर्ने सहमति पनि भएको छ । मृतकको परिवारलाई राहत दिन स्थानीय सरकार, प्रदेश र संघ सरकारसँग अनुरोध गर्ने सहमति भएको छ ।

बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्न पनि सहमति भएको उपकुलपति डा। लामिछानेले बताए । वार्तामा सहमति भएसँगै मृतक बालकको शब आफन्तले जिम्मा लिन तयार भएका छन् ।

छारे रोगको समस्या लिएर अस्पतालमा उपचारका लागि ल्याइएका ११ वर्षीय बालक आक्रोश नेपालीको मृत्यु भएपछि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै बिहीबार र शुक्रबार दिनभर अस्पताल घेराउ गरेका थिए । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि ल्याएका बालकको बिहीबार विहान मृत्यु भएको थियो ।

प्रकाशित : ३० असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६