प्रदेश

लुम्बिनी प्रदेशसभामा पेश भएका दुई विधेयक मध्य एक फिर्ता



कपिलवस्तु
हरि घिमिरे, ३० असार । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औँ बैठकमा दुई विधेयक पेश भएका छन् । पेश भएका दुई विधेक मध्य विभिन्न कारण देखाउदै एक विधेयक भने फिर्ता भएको छ ।

शनिवार दिउँसो बसेको बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री सन्तोष पाण्डेयले प्रदेशसभाका पेस गरेका थिए ।

यस्तै स्वास्थ्य मन्त्री राजु खनालले पेश गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका लागि पेश गरेका थिए । त्यसै गरी एक विधेयक भने फिर्ता भएको छ ।
लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो ।

प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिवारको प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीको तर्फबाट आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेयले फिर्ता गर्ने प्रस्ताव पेश गरेका थिए ।

सभामुख तुलाराम घर्तीले सभामा पेश भएको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलमा लगेर केही सांसदहरूलाई बोल्न दिएर अगाडि बढाएका थिए ।

यो विधेयकमा सांसदहरू विष्णु पन्थी, लोकीकुमारी बिक, भगवती अधिकारी, राजकुमार चौधरी, निमा गिरीले छलफलमा आफ्नो धारणा राख्दै विधेयकमा समावेश गरिनुपर्ने विषयहरू टिपोट गरेका छन् ।

उनीहरूले निजी क्षेत्रलाई कानुन बनाएर स्वास्थ्य क्षेत्रमा स्थान दिनुपर्ने र उनीहरूले दिने सेवा सुविधाका विषयमा बलियो कानुन बनाउनुपर्ने बताए ।

प्रदेशमा अहिले रहेका १६ नर्सिङ कलेज बन्द भएको र भारतीय सीमा क्षेत्रमा यसको पढाई भइरहेकाले विशेष सचेत रहनुपर्ने बताएका थिए । सभामुख घर्तीले दोस्रो अधिवेशनको २० औँ बैठक साउन ८ गते बस्ने गरी १९ औँ बैठकको समापन गरेका थिए ।

प्रकाशित : ३० असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६