प्रदेश

बाणगंगामा आ.ब २०७९/०८० मा ३३ उजुरी २२ फछ्यौट




हरि घिमिरे, ३१ असार ।
कपिलवस्तुको बाणगंगा नगपालिकाले आ.व २०७९/०८० मा परेका ३३ उजुरी मध्य २० उजुरी फछ्यौट गरेको छ । नगरपालिकाले आ.व. २०७८/०७९ मा फछ्यौट हुन बाँकी ७ उजुरीहरु यस आ.व.मा जिम्मेवारी सारिएको थियो । जसमा २ वटा उजुरीहरु सर्वसम्मतबाट फछ्यौट भएका छन् । जसले गर्दा यस आ.व.मा टोटल २२ वटा उजुरी फछ्यौट भएको न्यायिक समितिका संयोजक रीता कुमारी चौधरीले बताईन ।


संयोजक चौधरीले आ.व. २०७९/८० सम्ममा जम्मा ३३ वटा उजुरीहरु दर्ता भएकोमा नगरपालिकाको न्यायिक समितिले २० वटा उजुरी फछ्यौट गरेको जानकारी दिईन् । जसमध्ये १२ वटा मिलापत्रबाट फछ्यौट भएका छन, ४ वटा उजुरी सर्वसम्मत ढंगबाट फछ्यौट भएका छन् । त्यस्तै ६ वटा उजुरी अन्य निकायमा पठाईएको नगरपालिका न्यायिक समितिको सचिवालयले जनाएको छ । नगरपालिकाको न्यायीक समितिमा १८ वटा अजुरी प्रकृयामा रहेको संयोजक चौधरीले बताईन ।


आ.व. २०७८/०७९ मा जिम्मेवारी सारिएका ७ उजुरीहरु मध्य २ वटा उजुरीहरु सर्वसम्मतबाट फछ्यौट भएका छन र बाँकी फछ्यौटको प्रकृयामा रहेका छन् ।


नगरपालिकामा सबैभन्दा धेरै जग्गा विवाद सम्बन्धी उजुरी परेका छन् । नगरपालिकामा आ.व.२०७९÷ ०८० मा जग्गा विवाद सम्बन्धी १६ वटा उजुरी परेको न्यायिक समितिले जनाएको छ । जसमा ९ वटा उजुरी सर्वसम्मतबाट फछ्यौट भएका छन्
नगरमा दर्ता भएका उजुरीहरु अधिकांश जग्गाको विषयमा, जग्गाको साँध सिमाना मिचेको, भोगचलन गरेको जग्गाबाट हटाउन खोजेको, एकको नाममा रहेको जग्गा अर्कैले भोगचलन गरेको, पति पत्नी बिचको सम्बन्ध, घरेलु हिंसा ÷ महिला हिंसा आदि विषयमा उजुरीहरु दर्ताहुने गरेका छन् ।


स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४९ (२) अनुसार पेस भएको विवादको निवेदनको कारवाही र किनारा गर्दा सम्भव भएसम्म मेलमिलाप गर्न प्रोत्साहित हुने गरी दुबै पक्षको सहमतिमा मिलापत्र गराउनु पर्नेछ भनि उल्लेख गरिएको छ ।
जसमध्य पहिलो प्राथमिकता मेलमिलापलाई नै दिनुपर्ने हुँदा मेलमिलाप कर्तालाई बढि भन्दा बढि तालिम, प्रशिक्षण,अनुशिक्षण गराई न्यायिक विवादलाई मेलमिलापको माध्यमबाट समाधान गराईएको नगरपालिकाको न्यायिक समितिको सचिवालयले जनाएको छ ।

प्रकाशित : ३१ असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६