काठमाडौं १ साउन । चौतर्फी दवावपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१।५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ । त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा १० रुपैयाँ घटेको छ । डिजलको नयाँ मूल्य क १४३.५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेको छ ।अब एलपीजीको नयाँ मूल्य १७९० रूपैयाँ कायम भएको छ ।
१ श्रावण २०८०, सोमबार
प्रतिक्रिया