प्रदेश

अवैध सामान सहित ट्रक र चालक नियन्त्रणमा



बुटवल, १ साउन । अवैध रुपमा भन्सार छलेर नेपाल ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । सामानसहित प्रहरीले ट्रक र ट्रक चालकलाई पनि नियन्त्रणमा लिउको छ ।

सोमबार बिहान सवा ८ बजेको समयमा जिल्ला नवलपरासी रामग्राम नगरपालिका ५ वाइपासमा प्रहरी सहायक निरीक्षक चोप बहादुर केसीको कमाण्डमा खटि गएको ५ जनाको प्रहरी टोलीले चेक जाँचको क्रममा सामानसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।

त्यसक्रममा लु १ ख ६९०२ नं. को ट्रकमा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा एक लाख ७६ हजार ६४० रुपियाँ बराबरको चुरेल (मिठाई) ९२ बोरा, र ट्रकको अन्दाजी मूल्य ६ लाख गरी जम्मा ७ लाख ७६ हजार ६४० रुपियाँ बराबरको सामान फेला पारेको थियो ।

उक्त सामान, ट्रकसहित चालक जिल्ला नवलपरासी पाल्हिनन्दन गाउँपालिका वडा न ५ बस्ने वर्ष ४० को मोहमद धानी पठानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईएको छ ।

प्रकाशित : १ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६