प्रदेश

लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले एकैदिन उठायो ११ लाख बढि राजश्व




कपिलवस्तु, ०१ असार ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल अन्तर्गत लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका ट्राफिक कार्यालयले असार अन्तिम दिन मात्र ११ लाख भन्दा बढि राजश्व संकलन गरेका छन् ।

आर्थिक बर्ष ०७९/०८० को अन्तिम दिन असार ३१ गते प्रदेशका १२ जिल्लामा १ हजार १८९ सवारी कारबाही हुँदा ११ लाख २९ हजार राजश्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

नवलपरासीमा ८३ सवारी कारबाहीमा पर्दा ५५ हजार राजश्व संकलन भएको छ । रुपन्देहीमा मात्र ६ लाख ५२ हजार ५ सय राजश्व संकलन भएको छ । यो राजश्व ५४० सवारी साधन कारबाहीमा पर्दा संकलन भएको हो ।

कपिलबस्तुमा १०५ सवारी कारबाहीबाट ७७ हजार राजश्व संकलन भएको छ । दाङमा १४८ वटा सवारी कारबाहीबाट १ लाख २२ हजार ५ सय, बाँकेमा ११० सवारी कारबाहीबाट ८६ हजार ५ सय, बर्दियामा ६१ सवारी कारबाहीबाट ३६ हजार राजश्व संकलन भएको छ ।

यसैगरी पाल्पामा ४७ सवारी कारबाहीबाट ३३ हजार ५ सय, अर्घाखाँचीमा १६ सवारी कारबाहीबाट १३ हजार, प्युठानमा १३ सवारी कारबाहीबाट ७ हजार, रोल्पामा २६ सवारी कारबाहीबाट १६ हजार र रुकुम पुर्वमा ९ वटा सवारी कारबाहीबाट ९ हजार राजश्व संकलन भएको बताइएको छ ।

प्रकाशित : १ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६