प्रदेश

प्रधानमन्त्रीपत्नीको मृत्युलाई जोडेर फेसबुकमा जथाभावी लेख्ने बुटवलका युवक पक्राउ



रूपन्देही, ०१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्ने बुटवलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनसँग जोडेर सामाजिक सञ्जालमा असंवेदनशील कुरा लेखेको आरोपमा नेपाल प्रहरी साइबर ब्युरोले बुटवलको देवीनगरबाट शेरबहादुर राना मगरलाई पक्राउ गरेको हो ।

ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन खोज्दै बुटवल आएर रानालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा पक्राउ परेका रानालाई काठमाडौं लगिएको छ ।

प्रकाशित : १ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६