प्रदेश

तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको उद्धार



बुटवल, ०९ साउन । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनालाई उद्धार गरिएको छ । बुटवल–११ का मिनबहादुर गाहा र बुटवल १४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयको प्रयासमा उद्धार गरिएको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले जानकारी दिनुभयो ।

गाहा तिनाउ नदीमा दाउरा खोज्न र घर्ती दानव नदीमा माछा मार्न गएको बेला बाढीमा फसेका हुन् । तिनाउ नदीमा बाढीको जोखिम बढेकाले दाउरा खोज्न, माछा मार्न र खोला आसपासका क्षेत्रमा नजान पनि उपमहानगरपालिकाले आग्रह गरेको छ ।

आज बिहानैदेखि नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढेको छ । रातिदेखि नै चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान, दाङ र आसपासको क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ । ती क्षेत्रका नदी तटीय क्षेत्र तथा सहायक नदी र साना नदीमा पनि बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।

यस्तै, आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम आंशिकदेखि सामान्य बदली रहेर बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ । कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा लामो समय झरी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६