खेलकुद

शुक्रवार पुस्तक नलिई बिद्यालय जान स्थानीय सरकारको आग्रह




बुटवल १२ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अबदेखि शुक्रबार विद्यार्थीहरुले विद्यालय जाँदा पुस्तक बोक्नु नपर्ने भएको छ । नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम गर्ने भएकाले विद्यार्थीहरुले पाठ्यपुस्तक बोक्नु नपर्ने भएको हो । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुद लगायतका सृजनात्मक कार्यहरु तथा इमान्दारिता, अनुशासन, सदाचारिता सम्बन्धि व्यवहारिक शिक्षा प्रदान गराउन आग्रह गरेको छ ।
‘प्रस्तुत विषयमा तिलोत्तमा नगरपालिकाको आव २०८०/८१ को लागि प्रस्तुत एवम् स्वीकृत गरीएको वार्षिक नीति तथा कार्यक्रममा पाठ्यपुस्तक रहित सिर्जनशील शुक्रवार (Creative Friday Without Text Books)  लाई नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम सञ्चालन गर्ने भनी उल्लेख भएको छ साथै नगर प्रमुख नगर उपप्रमुख तथा विषयगत समितका संयोजकहरुको उपस्थितीमा नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रअहरुको बैठकबाट यस कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अगाडी वढाउने निर्णाय गरेको छ ।

सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले प्रत्येक शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुद लगायतका सृजनात्मक कार्यहरु तथा इमान्दारिता, अनुशासन, सदाचारिता सम्बन्धि व्यवहारिक शिक्षा प्रदान गर्नु गराउनुहुन सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।’–सूचनामा भनिएको छ ।यस्तै नगरपालिकाले विद्यालय क्षेत्र तथा सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको विक्री वितरण एवं सेवन रोक लगाएको छ ।

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६