खोज–अनुसन्धान

पालिकाको पूर्वउपाध्यक्ष एबम काङ्ग्रेस प्रबक्ता गौतम एमालेमा प्रवेश



अर्घाखाँची २२ साउन । अर्घाखाँचीको पाणिनि गाउँपालिकाका पूर्वउपाध्यक्ष लक्ष्मी गौतम नेकपा एमालेमा प्रवेश गरेकी छन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्ष बनेकी उनी पछि नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् । जिल्ला अध्यक्ष पिताम्बर भुसाललाई पार्टी प्रवेशसम्बन्धि पत्र लेखेपछि केन्द्रीय सदस्य चेतनारायण आचार्यलगायतका नेताहरुले उनलाई पार्टीका स्वागत गरेको जिल्ला कमिटी सदस्य प्रदीप नेपालीले जानकारी दिए ।

जिल्लामा एमालेबाहेकका सबै दलको गठबन्धन हुँदा पनि स्थानीय तह, प्रदेश तथा संभीय तहमा एमालेले सबैलाई पराजित गरेकाले पनि केही कारणले बाहिर रहेका नेता कार्यकर्ताहरु क्रमशः आउनेक्रम रहेको नेता आचार्यले बताएका छन् ।एमाले प्रवेश गरेकी पाणिनि ३ की नेतृ गौतमले गलती महसुस गर्दै आफैंले मेहनत गरेर बनाएको पार्टीमा समाहित भएको जनाएकी छन् ।गौतम कांग्रेस अर्घाखाँचीको प्रवक्ता थिइन् ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६