खोज–अनुसन्धान

सार्वजनिक लेखा समितिको निर्देशन



काठमाडौँ, ८ मङ्सिर

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी कागजात सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ । नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी विषयमा उजुरी परेपछि समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो । छलफलपछि समिति सभापति भरतबहादुर खड्काले त्यससँग सम्बन्धित कागजात सात दिनभित्र समितिमा पेस गर्न निर्देशन दिनुभयो । लोकतन्त्रको मूल्य, मान्यता विधि, प्रणाली, पद्धति र प्रक्रिया भएको उल्लेख गर्दै उहाँले त्यसअनुसार काम भए नभएको अध्ययनका लागि कागजात पेस गर्न प्राधिकरणलाई निर्देशन दिएको बताउनुभयो । आवश्यक कागजातको अध्ययनपछि समितिले आफ्नो कार्य क्षेत्रका आधारमा काम गर्ने जानकारी दिँदै सभापति खड्काले समिति अख्तियार वा अदालत नभएकाले कार्य क्षेत्रभित्रै रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । बैठकमा सांसद मनिष झा र रुकेश रञ्जितलगायतले प्राधिकरणले विभिन्न काममा पटकपटक एउटै कम्पनीलाई ठेक्का दिएको, डिजिटल डेटा सुरक्षाको सुनिश्चितता नरहेको, विस्थापित हुन लागेको प्रविधि नेपालमा भित्र्याउन खोजिएको हो कि ? भनी प्रश्न उठाउनुभयो । —

प्रकाशित : ९ मंसिर २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६