खोज–अनुसन्धान

जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको विभिन्न जिल्लामा तयारी



रुपन्देही ६ भदौ । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि विभिन्न जिल्लामा तयारी बैठकहरु जारी राखेको छ । भदौ ८ गतेसम्म लुम्बिनीका १२ वटैै जिल्लाका तयारी बैठक सकिने र १६ गतेदेखि औपचारिक रुपमा रुपान्त्रण अभियान सबै जिल्लामा सुरु हुने बरालले बताउनुभयो ।रुपान्तरण अभियानका लागि लुम्बिनी प्रदेशमा नेताहरूको जिम्मेवारी बाँडफाँड गरिएको छ । पार्टीले स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरूको कार्य विभाजन गरेको हो ।पार्टीको प्रदेश कमिटीे बैठकले जिम्मेवारी बाँडफाँड गरेको बताइएको छ ।

जसअनुसार रोल्पा जिल्ला इन्चार्जमा पूर्णबहादुर घर्ती, रुकुम पूर्वमा कमला रोक्का, बर्दियामा पूर्णकुमारी सुवेदी, बाँकेमा कुलप्रसाद केसी, दाङमा जयपुरी घर्ती इन्चार्ज तोकिनुभएको छ । त्यस्तै, प्युठानमा निर्मल आचार्य, गुल्मीमा जोगबहादुर महरा, अर्घाखाँचीमा वामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खड्का, नवलपरासीमा हकिकुल्लाह खाँ, रुपन्देहीमा गणेशमान पुन र कपिलबस्तु इन्चार्जमा महेश्वर गहतराज तोकिएको पार्टीका प्रदेश कमिटि सचिव कृष्ण अधिकारीले जानकारी दिनुभयो । यस्तै, बैठकमा १२ वटै जिल्लाको संगठनिक रिर्पोट सम्बन्धित जिल्ला संयोजनकहरूले प्रस्तुत गर्नुभएको थियो । अभियानको अनुगमन र स्कुलिङका लागि नेताहरू जगप्रसाद शर्मा नारायण अधिकारी र लक्ष्मी चौधरीलाई जिम्मा दिइएको छ ।

विभिन्न कारणले रिक्त रहेका जिल्लाहरूको जिल्ला संयोजक पनि तोकिएको छ । जसमा रुकुम जिल्ला संयोजकमा रामसुर बुढा मगर, गुल्मी जिल्ला संयोजकमा युवराज के.सी., रोल्पा जिल्ला संयोजकमा पूर्ण केसी. र प्युठान जिल्ला संयोजकमा नवराज अधिकारीलाई तोकिएको पार्टीका रुपन्देही संयोजक निर्मल जीसीले बताउनुभयो । बैठकले पालिकाका इन्चार्जहरूको समेत टुङ्गो लगाएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६