खोज–अनुसन्धान

आफैलाई जलाएकी पत्रकार रोशनीले मृत्यू सैयावाट भनिन माफि देऊ !




पोखरा ७ भदौ । पोखराकी सञ्चारकर्मी रोशनी क्षेत्री नागपञ्चमीका दिन सोमबार बिहान सवा ८ बजे साथीसँगै पोखरा ८ जाल्पारोडस्थित घर आइपुगिन् । अघिल्लो रात घरबाहिर बसेकी उनी भित्र पस्नै लाग्दा सासूसँग ठाकठुक पर्यो ।‘नागपञ्चमीका दिन रोशनीकी सासू घर सफा गर्दै हुनुहुन्थ्यो । रोशनी जुत्ता लगाएरै घरभित्र पसिन् । त्यसमा केही विवाद भएको रहेछ’, परिवारनिकट स्रोतले भन्यो । त्यसपछि उनी साथीलाई लिएर स्कुटरमा घरबाट निस्किइन् । साथीलाई पोखरा ७ मा पर्ने मदरल्यान्ड माध्यमिक विद्यालयमा छोडेर फर्किइन् ।
फर्किंदा उनले स्कुटरमा १ बोतल पेट्रोल ल्याएकी रहिछन् । उनी पेट्रोलसहितको बोतल र सलाई लिएर घरको गेटभित्र पसिन् । फटाफट जिउमा पेट्रोल खन्याइन् र सलाई कोरेर आगो झोसिहालिन् ।केही बेरमा घरपरिवार र छिमेकी थाहा पाए । हत्तपत उनको जिउमा लागेको आगो निभाइयो । छिमेकी र आफन्तले अस्पताल लैजान खोज्दा उनी मानिनन् ।उनी भन्दै थिइन्( म मर्न चाहन्छु । अस्पताल, सस्पताल जान्नँ । परिवार र छिमेकीले जबरजस्ति अस्पताल लगे ।अस्पताल पुग्दासम्म उनी सामान्यरुपमै बोल्न सक्थिन् । आफूलाई भेट्न गएकाहरुलाई ‘सरी’ भनिरहेकी थिइन् । श्रीमानलाई अस्पतालमा ‘सरी सानु, मैले गल्ती गरें’ भनेको प्रत्यक्षदर्शीहरु बताउँछन् । पहिला सामान्यरुपमै कुराकानी गरेकी उनको शरीर सुन्निँदै गयो । अवस्था गम्भीर हुँदै गयो ।गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएकी रोशनीको उपचार सम्भव नभएको अस्पतालले जानकारी दियो ।

उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारीसमेत भएको थियो । तर, मौसम नखुल्दा त्यो सम्भव भएन ।अस्पतालका अनुसार उनको करिब ६५ प्रतिशत शरीर जलेको थियो । दिउँसो १ बजेपछि उनी बोल्न नसक्ने अवस्थामा पुगिन् । उनको अवस्था झनै जटिल बन्यो । अस्पतालले भेन्टिलेटरमा राख्न आग्रह गरेपछि रोशनीका आफन्तले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९पश्चिमाञ्चल क्षेत्रीय अस्पताल० लगे । तर, त्यहाँ पनि उनको उपचार सम्भव भएन । अन्तत मंगलबार बिहानै उनी सदाका लागि अस्ताइन् ।रोशनी घटनाको दुई दिनअघि राति रोएको छिमेकीले सुनेका थिए । अर्को दिन बिहान १२ बजे निस्किएकी उनी नागपञ्चमीका दिन बिहान सवा ८ बजे मात्र घर आएकी थिइन् । परिवारिक स्रोतका अनुसार उनी गर्भवतीसमेत थिइन् ।
आफैंले आवेशमा आएर आत्मदाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी उपरीक्षक ९डिएसपी० वेदप्रकाश जोशीले प्रारम्भिक अनुसन्धानबाट आवेशमा आएर आफैंले पेट्रोल छर्किएर आगो लगाएको देखिएको बताए । शव पोस्टमार्टममा लागि रोशनीका माइती र घर पक्ष दुवैले प्रहरीलाई निवेदन दिएका छन् ।रोशनीलाई उपचारार्थ अस्पताल पुर्याइएपछि पुगेकी पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी आफूले भेट्दासम्म सामान्य कुराकानी गर्न सक्ने अवस्थामा रहेको बताउँछिन् ।भण्डारीले भनिन्, ‘उहाँसँग कुरा गर्दा ‘सरी दिदी मैले गल्ती गरें’ भन्नुभयो ।

उहाँले आमा बुबालाई पनि सरी भन्नुभएको थियो । बैनीले किन यस्तो गर्नुभयो भन्ने कुरा त अनुसन्धानबाट खुल्ने कुरा हो ।’चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी रोशनीले यसअघि कास्कीकै माछापुच्छे एफएम, परिचय डटकम, अन्नपूर्ण एफएम लगायत मिडियामा काम गरेकी थिइन् । ७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पत्रकारितामै स्नातकोत्तर गर्दै थिइन् ।

प्रकाशित : ७ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६