ब्रेकिंग न्युज

विपन्न परिवारको घर निर्माण गर्दै माओवादीको रुपान्तरण अभियान जारी



कपिलवस्तु, ३० भदौ । ‘जनतासँग विशेष रुपान्तरण अभियान’ सँगै कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु यतिबेला गाउँगाउँमा पुगेका छन् । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने मुल नाराका साथ भदौ १६ देखि सञ्चालनमा आएको उक्त अभियानले कपिलवस्तुमा माओवादीको वर्तमान अवस्थालाई रुपान्तरण सहितको माओवादी बनाउने लक्ष्य लिइएको छ ।

माओवादी केन्द्रका नेताहरुका अनुसार अहिले घरघरमा पुगेरै पार्टी सदस्यता नवीकरण, सदस्यता वितरण लगायतका काम भइरहेका छन् । सबैभन्दा पहिला पार्टीको आन्तरिक शक्ति समस्या, समाधानमा नेताहरु केन्द्रित भएको देखिन्छ ।माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण, जनवर्गीय संगठनलाई प्रशिक्षण र चलायमान गर्ने र टुटेका कडीहरुलाई सुधार गर्ने गतिविधि कपिलवस्तुमा भइरहेको पालिका इञ्चार्जहरुले बताउने गरेका छन् ।

माओवादीहरु गाउँ पसेसँगै विकास निर्माणका कार्यमा सहभागिता जनाउनेदेखि जनताका काममा सहयोग गर्नेसम्मका भूमिकामा क्रियाशील भएका छन् । श्रमदान गर्ने पार्टीको नीति अनुसार माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु विकास निर्माणका काममा सहभागिता जनाउने गरिरहेका छन् ।

सोहि अभियान अन्र्तगत जिल्लाको शिवराज नगरपालिका वडा न ९ का सुस्त मनस्थितिका ढिकरु थारुको दम्पतीको निवास फेर्ने अभियानमा यहाँका नेता, कार्यकर्ता लागेका छन् । उनीहरू बस्ने घर जीर्ण भएपछि उनीहरूलाई दैनिकी कटाउन निकै मुस्किल परेको छ । वर्षातको समयमा पानी चुहुने घरमा बस्नुपर्ने बाध्यताले उनीहरू रात नपरोस् भनेर प्रार्थना गर्दछन् ।

निम्न आर्थिक अवस्थाका कारण गर्मीमा चर्को पोल्ने घाम र वर्षामा निथ्रुक्क घरभित्रै भिज्नु पर्ने उनीहरूको बाध्यता । गरिबी र अशक्तताको कारण घरको भित्ता र चुहिने छानो टाल्न नसकेका थारु दम्पत्तिको घर अहिले माओवादी केन्द्रको जनता सँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत बन्ने भएको छ ।

नेकपा माओवादी केन्द्रको जनता सँग माओवादी कार्यक्रम अन्तर्गतको रूपान्तरण अभियानमा नेकपा माओवादी केन्द्र शिवराज नगर कमिटीले शिवराज नगरपालिका वडा नं. ९ को रमुवादहमा विपन्न परिवारको घर निर्माणमा श्रम शिविर सञ्चालन गरेको छ ।

रूपान्तरण अभियान अन्तर्गत वडामा फरक किसिमको कार्यक्रम गरिएको हो । जनताको घर दैलो अभियान र विशेष रूपान्तरण अभियानमा फरक र नयाँ शैलीका कार्यक्रम सञ्चालन गर्न श्रम शिविर सञ्चालन गरिएको नेकपा माओवादी केन्द्र शिवराज नगर कमिटी कार्यवाहक अध्यक्ष चिन्ता परियारले बताए । पार्टी प्रति जनताको आशा र भरोसा अझै पनि बाँकी नै रहेकोले रचनात्मक कार्यक्रम सँगै सबै वडाहरूमा अभियान लिएर जानु पर्ने उनले बताए । परिवर्तनको संवाहककै रूपमा रहेको र जनताको मर्मलाई माओवादीले मात्रै बुझ्ने विश्वास जनतामा कायम नै रहेकोले सो विश्वासलाई जित्न पनि अभियानले सहयोग पुग्ने अध्यक्ष परियारले बताए ।

श्रम शिविर मार्फत रमुदहकि विपन्न ढिकरु थारुको पुरानो घर हटाएर नयाँ निर्माण गर्न लागिएको पार्टीका जिल्ला समन्वय समिति सदस्य प्रकाश रोकाले बताए । रोकाले पार्टीको अभियान सँगै जनताको पिर मर्का र समस्यालाई समाधान गर्न जनता सँगै काम गर्नु पर्ने बताए । वडा कमिटीको अभियान अन्तर्गत श्रम शिविर मार्फत घर निर्माण पछि थारु हस्तान्तरण गरिने उनले बताए ।

पार्टीको ३ महिने अभियानमा श्रम शिविर मार्फत वडाका गाउँघर सरसफाइ, वृक्षारोपण, सिचाइ नाला पानीका मुहानहरू सरसफाइ अन्य जनचेतना मूलक अभियानहरू सञ्चालन गरि पार्टीलाई जनतासँग जोड्ने कार्यक्रम सञ्चालन गरिने नेकपा माओवादी शिवराज नगरपालिका वडा नं. ९ वडा कमिटी अध्यक्ष गणेश गुरुङले बताए । पार्टीको अभियानले पार्टीमा लागेर छोडेर, अन्य पार्टीमा प्रवेश गरेका र निष्क्रिय रहेकाहरूलाई जोडेको समेत उनले बताए ।

प्रकाशित : ३० भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६