प्रदेश

दाङको देउखुरीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो



दाङ, ०३ कार्तिक । दाङको देउखुरीमा गएराति जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय सन्तराम चौधरीको ज्यान गएको हो।

काठमाण्डौबाट सुर्खेतका लागि छुटेको बा ९ च ७१९८ नम्बरको जीपले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते भएका चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो । जीपका चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिसहनियाँले भालुवाङ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ३ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६