देश

राष्ट्र सङ्घका महासचिवले कात्तिक १४ गते सङ्घीय संसद्‍मा सम्बोधन गर्ने



काठमाण्डौ, ०३ कार्तिक । इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ ।

हिजो बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो । नेपाल बसाइका क्रममा उहाँले नेपालको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हिजो सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसले कात्तिक १४ गते दिउँसो ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो । सङ्घीय संसद् सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीले महासचिव गुटेरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको कामलाई शुरु गरिसकेको बताउनुभयो ।

महासचिव गुटेरेसले सम्बोधन गर्ने बैठकमा संवैधानिक निकायका प्रमुख, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुखलगायतका विशिष्ट सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिनेछ ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो । पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको संयुक्त राष्ट्र सङ्घको महासचिवको रूपमा दोस्रो कार्यकाल हो ।

प्रकाशित : ३ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६