अर्थ-वाणिज्य

स्वघोषित एनआरएन अध्यक्ष शर्मालाई परराष्टमन्त्री साउदले बधाई दिन अस्वीकार गरे




काठमाडौं ६ कात्तिक । परराष्ट्रमन्त्री एनपी साउदले गैर आवासीय नेपाली संघ (एनआरएनए) को चुनाव हारेर आफै निर्वाचित भएको समुहलाई बधाइसमेत नदिई फिर्ता पठाउनु भएको तथ्य खुलेको छ ।निर्वाचनमा रसियाका डा बद्री केसीसँग पराजीत भएपछि आफैलाई अध्यक्ष घोषणा गरेर भेटन पुग्नुभएका कतारका राजेन्द्रकुमार (आरके) शर्मासहितको टीमलाई परराष्ट्रमन्त्री साउदले आफै घोषणा गर्न मिल्छ ? लोकतन्त्रमा यस्तो गर्न पाइन्छ ? भन्दै बधाइ दिन अस्वीकार गर्नुभएको हो ।

भेरोले अनलाइन भोटिङमार्फत गरेको निर्वाचनमा केसीसँग पराजीत भएपछि शर्माले अध्यक्षका अर्का प्रत्यासी जापानका महेश श्रेष्ठको समर्थनमा आफैलाई अध्यक्ष घोषणा गरी कार्यसमितिको सवै पदाधिकारीसमेत सर्वसम्मत चयन भएको स्वघोषणा गर्नु भएको थियो ।निर्वाचन समितिसमेत अर्को खडा गरेर मञ्चन गरिएको सो नाटकबारे जानकार परराष्ट्रमन्त्री साउदले कांग्रेस र आफू सदैव लोकतान्त्रिक प्रक्रिया र पद्धती मान्ने पार्टी र ब्यक्ति भएकोले अलोकतान्त्रिक प्रक्रियाबाट कोही निर्वाचित हुन नसक्ने अडान पनि राख्नुभएको छ ।

भेटमा सहभागी एक सदस्यले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार शर्मासहितको केही पदाधिकारीको टीमले आफूहरु सिंगो टीम नै घोषणा गरेर आएकोले बैधानिकता दिन माग गरेको थियो ।तर मन्त्री साउदले बिधि र पक्रियाभन्दा बाहिरबाट कोही पनि निर्वाचित हुन नसक्ने भन्दै अबैधानिक समुहलाई सरकार आफूले मान्यता दिन नमिल्ने प्रष्ट पार्नुभएको थियो । परराष्ट्रमन्त्री साउदले स्वघोषित अध्यक्ष शर्मासहितका पदाधिकारीलाई खादा लगाउनसमेत अस्वीकार गर्नुभएको ती सदस्यले जनताटाइम्स डटकमलाई बताए ।

उनका अनुसार शर्मा आफैले खादा बोकेर मन्त्री भेटन जानुभएको थियो ।‘मन्त्रीज्यूले खादा लगाउनु पनि मान्नु भएन, फोटो खिच्न आग्रह गर्दा त्यो चाँहि मान्नुभयो,’ ती सदस्यले भने । ‘लोकतान्त्रिक बिधि र प्रक्रियाभन्दा बाहिर कांग्रेस जाँदैन, म पनि जान्न, यत्ति कुरा तपाईहरुले बुझ्नोस,’ हारेपछि आफैलाई सर्वसम्मत निर्वाचित घोषणा गरेको टीमलाई मन्त्री साउदको भनाई थियो ।एनआरएनएको अध्यक्षमा पराजीत आरके शर्माले माओवादी नेताहरुसामू परराष्ट्रमन्त्री साउदले अपमान गरेको भन्दै आक्रोश र गुनासोसमेत पोख्नुभएको स्रोतले बतायो । स्रोतका अनुसार परराष्ट्रमन्त्री साउदको ब्यवहारबाट आफू निकै बिचलित बनेको भन्दै शर्माले माओवादी नेतासामू आक्रोश पोख्नुभएको छ ।

शर्माले आफू माओवादीकै निर्देशनमा अघि बढेको र सरकारको नेतृत्व आफ्नो हुँदा पनि बैधानिकता दिन नसके बिदेशमा रहने सवै माओवादीहरुको मनोवल खस्कने भन्दै प्रधानमन्त्रीको ठाडो निर्देशनमा भए पनि आफूलाई बैधानिकता दिनैपर्ने अडानसमेत राख्नुभएको छ ।‘परराष्ट्रमन्त्रीको ब्यवहार हामीसँग ठीक भएन, प्रधानमन्त्रीले बधाई दिँदासमेत खादा लगाउन पनि मानेनन, तुरुन्त प्रधानमन्त्रीले आदेश दिएर हाम्रो कुरा मान भन्नुपर्छ भन्ने आरकेजीको अडान छ, माओवादी नेताहरुबाट पर्खनोस, मिलाउला भन्दै थामथुप पार्ने कोषिश भइराखेको छ,’ स्रोतले भन्यो ।

प्रकाशित : ६ कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६