प्रदेश

ब्लड क्यान्सर पीडित कपिलवस्तुका पत्रकार दीपक केसीलाई आर्थिक अभाव



कपिलवस्तु, ०९ कात्तिक । ब्लड क्यान्सर पीडित कपिलवस्तुका पत्रकार दीपक केसीलाई उपचारमा रकम अभाव भएको छ । शिवराज नगरपालिका चन्द्रौटाबाट सक्रिय पत्रकारिता गर्दै आइरहेका केसी केहि समयदेखि ब्लड क्यानसर पीडित छन् । क्यान्सर भएको थाहा पाएपछि उनको नेपालका बिभिन्न अस्पत्ताल र भारतको अस्पत्तालमा समेत चेक जाँच भइरहेको छ । अहिले उनी भारतको राजिव गान्धी क्यानसर अस्पतालमा उपचाररत छन् ।

मध्यमम आय भएका उनलाई अहिले उपचारमा रकम अभाव छ । रकम अभाव भएपछि केसीको परिवारले आर्थिक सहयोगको लागि अपिल गरेका छन् । नेपाल पत्रकार महासंघ कपिलवस्तुका सदस्यसमेत रहेका केसी रेडियो शिवराजका स्टेसन म्यानेजर छन् । उनी प्रेस सेन्टरको जिल्ला सदस्य पनि हुन् । ३५ बर्षिय केसीको श्रीमती र छोरा ‘१० बर्ष ‘ छोरी ‘२ बर्ष’ छन् ।

अस्पतालको बेडमा रहेका केसीले आफुलाई रकम अभाव भएको बताए । उनले भने ‘जनतालाई सुसुचित गराउँदा आफै रोगी भएको थाहा पाएनछु । यस्तो भएको एक्कासी थाहा पाएँ । सबै मिलेर बचाउनुहुन्छ भन्ने आशा गरेको छु ।
ब्लड क्यान्सर रोगको उपचार निकै महंगो हुन्छ । सकेसम्म आफैले प्रयास गरेँ, लाखौँ रकम लाग्ने भएकाले अन्तिम विपकल्पको रुपमा हार गुहार गरेको हुँ’ उनले भने ।

उनको उपचारको लागि अहिले नेपाल पत्रकार महासंघले सहयोग उठाउने काम गरिरहेको छ भने अन्य संघसंस्थाले पनि उनलाई सहयोग गर्ने बताएका छन् । सहयोगको लागि उनको एसबीआई बैङमा रहेको खातामा पैसा जम्मा गर्न सकिने छ ।

सहयोगको लागि उनको एसबीआई बैङमा रहेको खातामा पैसा जम्मा गर्न सकिने छ ।
नामः Deepak Kunwar
खाता नम्बरः24915241400344
शाखाः Chandrauta

प्रकाशित : ९ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६