ब्रेकिंग न्युज

गालीगलौज गरेको विषयमा झडप हुँदा दैलेखमा १ जनाको ज्यान गयो



दैलेख, १० कात्तिक । युवाहरूबीच झडप हुँदा दैलेखमा एक जनाको ज्यान गएको छ । बिहीवार राति भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा भएको झडपमा सुर्खेतको वीन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

झडपमा घाइते भएका क्षेत्रीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) कमल आचार्यले जानकारी दिनुभयो ।

सैनचौरमा रहेको ससुराली गएका मृतक क्षेत्री र उहाँका जेठान सुमन शाहीले सिलङ्गी बजारमा मोटरसाइकल गालीगलौज गर्दै हिँडेको विषयमा स्थानीय युवाहरूसँग विवाद भएको र पछि झडप भएको स्थानीयले बताएका छन् । गालीगलौज किन गरेको भनी स्थानीयले सम्झाउन खोज्दा झडप भएको स्थानीय शान्ति रिजालले बताउनुभयो ।

प्रहरीले घटनास्थलबाट बा ३३ प ७९५९ नम्बरको मोटरसाइकल बरामद गरेको छ । झडपमा संलग्नहरूको पहिचान भइसकेको, घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १० कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६