प्रदेश

रुपन्देहीको कञ्चनमा ८ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक पुरुष पक्राउ



बुटवल, १० कात्तिक ।

रुपन्देहीको कञ्चन गाउँपालिकामा विहिबार ८ वर्षीया बालिका बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका-३ का ४२ वर्षीय बुद्धबहादुर पुन रहेका छन् ।

प्रहरी चौकी रुद्रपुरका अनुसार कञ्चन-३ की बालिकालाई घरमा कोही नभएको मौका छोपी ललाई फकाई बलात्कार गरि आरोपित पुन फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डमा खटिएको सुरक्षा टोलीले उनलाई खोजतलास गर्ने क्रममा कपिलवस्तु बाणगंगा नगरपालिका-१० स्थित कोठी खेलाबाट नियन्त्रणमा लिएको थियो ।

बलात्कृत बालिकाको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रकाशित : १० कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६