प्रदेश

भूकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध



काठमाडौँ, १८ कात्तिक । बागमती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गएराती कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम पश्चिम गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्वार, र पुन निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आपतकालिन अवस्थामा कार्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरि केही दिनमा नै उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिने छ।

प्रकाशित : १८ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६