अन्तर्राष्ट्रिय

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीकी छोरीलाई पाकिस्तानको छात्रवृत्ति



काठमाडौँ, १ मङ्सिर

भोटेकोशी बाढीमा परेर बेपत्ता पत्रकार टेकराज थामीकी छोरीलाई पाकिस्तान सरकारले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले आज पत्रकार थामीकी धर्मपत्नी एवं राससका समाचारदाता कालिका खड्कालाई सो कुराको जानकारी दिनुभएको हो । उहाँकी छोरी कृतिका हाल नौ कक्षामा अध्ययनरत हुनुहुन्छ । राजदूत खानले कृतिकालाई माध्यमिक विद्यालयसम्मको छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिनुभएको हो । राजदूत खानले कृतिकाको पठनपाठनमा सघाउ पुगोस् भनेर दूताबासका तर्फबाट सहयोगस्वरुप एक थान ल्यापटप पनि प्रदान गर्नुभएको थियो । त्यस अवसरमा राजदूत खानले भोटेकोशी बाढीले पु्र्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै एक मित्र राष्ट्रका हैसियतले पाकिस्तान सरकारका तर्फबाट दूताबासले पत्रकार थामीको परिवारलाई सो सहयोग गरेको बताउनुभयो । त्यस अवसरमा पत्रकार खड्काले छोरीको पठनपाठनका लागि सो सहयोग उपलब्ध गराएकामा पाकिस्तान सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रकाशित : २ मंसिर २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६