कर्णाली

कृषि उपजको आयात निर्यातको तथ्यांक लिँदै कर्णाली प्रदेश



सल्यान, १० मंसिर । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र कृषि उपजको आयात निर्यातको तथ्यांक संकलन लिन थालेको छ। प्रदेशका प्रमुख दुई नाका कपुरकोट सल्यान र बबई सुर्खेतबाट कृषि उपजको तथ्यांक लिन सुरु भएको हो।

कर्णाली प्रदेशभित्र उत्पादित र बाह्य क्षेत्रबाट कृषि उपजहरूको यथार्थ तथ्यांक नहुँदा बजार व्यवस्थापन र गुणस्तर नियन्त्रणमा कठिनाइ भएको भन्दै दुई नाकाबाट कर्मचारी खटाई तथ्यांक लिने व्यवस्था गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेले जानकारी दिए।

मंसिर ७ गतेदेखि नै २४ सै घण्टा नाकाबाट प्रदेश आवतजावत गर्ने यातायातका साधनलाई सुरक्षानिकायसँगको समन्वयमा कृषि उपजको विवरण सोधखोज गरी तथ्यांक लिने उनको भनाइ छ।

प्रदेश भित्र र बाह्य क्षेत्रबाट आउने कृषि उपजको यकिन तथ्यांक नहुँदा समस्या भएको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले बताए। कर्णाली प्रदेशभर एक वर्षमा के कति कृषि उपज खपत हुन्छ र आयात निर्यात हुन्छ भनेर वास्तविक तथ्यांक निकाल्ने प्रयास गरिएको उनको भनाइ छ।

यस प्रकारको तथ्यांकले मन्त्रालय र मातहतका निकायले विश्लेषण गर्दै बजार व्यवस्थापन र गुणस्तर प्रवर्धनमा सहयोग पुग्ने विश्वास लिएको उनको भनाइ छ। मन्त्रालयलाई कृषि क्षेत्रको विकासमा भावी नीति तथा कार्यक्रम तय गर्न महत्त्वपूर्ण सहयोग हुने समेत विश्वास लिएको मन्त्री शर्माले बताए।

प्रकाशित : १० मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६