देश

‘धोती दिवस’ मा प्रहरीको हस्तक्षेप, ३० जना पक्राउ



काठमाडौँ, १६ पौष ।

काठमाडौँको माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ।जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर मण्डलामा भेला भएकाहरूलाई प्रहरीले हस्तक्षेप गरेको हो।

आज बिहान मधेसी समुदायका केही व्यक्तिहरू सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघर मण्डलामा भेला भएका थिए।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले ३० जनालाई पक्राउ समेत गरेको छ। सरकारले केही समय अगाडीबाट माइतीघर मण्डलामा प्रदर्शन, भेला, जुलुस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ।

प्रकाशित : १६ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६