प्रदेश

बागमतीका चारै सिटमा एमालेका उम्मेदवारले दिए उम्मेदवारी



हेटौंडा, २३ पौष । माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निवार्चनका लागि नेकपा एमालेका उम्मेदवारहरूले हेटौँडामा उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार हेटौँडामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका तर्फबाट रोचकुमारी चौलागाईँ, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा र ध्रुवराज विश्वकर्माले उम्मेदवारी दर्ता गराएका हुन्। महिला, अल्पसङ्ख्यक र अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनाले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

चार सिट रहेको बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका छन्।

निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न पाइनेछ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान सकिएलगत्तै गणना गरिने आयोगले जनाएको छ। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो।

प्रकाशित : २३ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६