प्रदेश

बाणगंगा खानेपानीको छैंठौं बार्षिक साधारण सभा सम्पन्न



कपिलवस्तु, २८ पौष ।
बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति बाणगंगा २ नन्दनगर कपिलवस्तुको छैंठौं बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । खानेपानी मध्ये जिल्लाकै उत्कृष्ट बन्दै गरेको उक्त खानेपानीको ठुलो योजना अन्तर्गत निर्माणाधिन छ ।

खानेपानीको प्रांगणमा आयोजित साधारण सभामा समितिका सचिव हिमलाल अधिकारीले प्रगति प्रतिवेदन, गोबिन्द प्रसाद चौधरीले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक चुडामणी अर्यालले लेखा समितिको प्रतिवेदन र सरसफाई समिति संयोजक जगतराज रेग्मीले सरसफाई समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत सबै प्रतिवेदन पारित भएका छन् ।

आर्थिक बर्ष २०७९/८० मा खानेपानीको जम्मा आम्दानी ७२ लाख ७ हजार ९२ तथा ५२ लाख ५७ हजार ६ सय ५४ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै ३ करोड ३५ लाख १ हजार ८ सय १५ बराबरको जम्मा जम्मा कोष तथा दायित्व प्रस्तुत गरिएको छ ।

जम्मा कोष तथा दायित्व सहकारीको शेयर रकम ६ करोड ७० लाख ६० हजार ३ सय, बचत संकलन १ करोड ६४ लाख ४ हजार ८६ त्यसै गरि लगानीमा रहेको ऋण ३ करोड २९ लाख ४ ७ हजार ६ सय ५५ रहेको प्रतिवेदनमा उल्लेख छ ।

समितिका अध्यक्ष विश्व कार्कीले समितिले गरेका क्रियाकलापको बारेमा जानकारी गराउँदै आगामी लक्ष्य समेत प्रस्तुत गर्नुभएको छ । अध्यक्ष कार्कीले बिधान संशोधन, कर्मचारी नियमावली एवम् दरबन्दी निर्धारण, खरिद विक्री नियमावली, आर्थिक नियमावली, सामाजिक सुरक्षा कोष, महशुल तालिकामा हेरफेर, धारा जडान शुल्क, अध्ययन तथा अवलोकन भ्रमण, सरसफाई सम्बन्धमा विभिन्न आगामी लक्ष्य बारे स्पष्ट पार्दै आयोजनाको निर्माण प्रगति बारे बताउनुभएको थियो ।

उहाँले साधारण सभा सफल पार्नका लागि सहयोग गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्नुभयो । अध्यक्ष कार्कीले उपभोक्ताहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउन समितिले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले बाणगंगा खानेपानीले स्थानीयलाई शुद्ध पानी उपलब्ध गराएको भन्दै संस्था सुशासन, पारदर्शी तथा जवाफदेही तरिकाले सञ्चालन भईरहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष पौडेलले विभिन्न टोलमा गठित विभिन्न समितिहरुलाई पुर्णता दिन र सक्रिय गराउनुपर्नेमा जोड दिनुभयो ।


वडाको विकासका लागि यो खानेपानीको अहम भुमिका रहेको बताउँदै भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भन्दै व्यक्तिलाई नभई नहुने खानेपानी तर्फ संवेदनशील हुने आवश्यक रहेको बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन बुटवल रुपन्देहीका ईन्जिनीयर रोशन घिमिरेले शुद्ध खानेपानी उपलब्ध गराउन बाणगंगा खानेपानी लागिरहेको बताउनुभयो । उहाँले संघीय खानेपानीसंग समन्वय गरि ठुलो परियोजना सञ्चालन गर्न सफल भएकोमा समितिलाई धन्यवाद दिनुभयो ।

त्यस्तै मनकामना सामुदायिक वनका अध्यक्ष मुक्त बहादुर कार्की, ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका प्रिन्सिपल सुरेन्द्र पाण्डे, जनता माविका शिक्षक उज्ज्वल अधिकारी, गुरुकुल नन्दनगरका तर्फबाट रविराज ज्ञवाली, नेकपा (एमाले) वडा कमिटी अध्यक्ष नहकुल शाहि लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

साधारण सभामा पुर्व उपभोक्ता समिति, निवर्तमान समिति, खानेपानी पत्रकारीता पुरस्कार सम्मान समेत गरिएको छ ।
बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, पिपरा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र पोख्रेल, ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल जंग रायमाझी, सशस्त्र प्रहरी वेस क्याम्प पिपरा वेसका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र कुवंर लगायतको आतिथ्यता, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी, पत्रकार तथा उपभोक्ताहरुको उपस्थिती रहेको कार्यक्रम समितिका उपाध्यक्ष हर्क बहादुर कार्कीको स्वागत तथा सचिव हिमलाल अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित : २८ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६