प्रदेश

एसियाकै पुरानो समुदाय थारु समुदाय होः मन्त्री चौधरी



कपिलवस्तु, माघ २ ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्म बहादुर चौधरीले देश निर्माणमा भूमिपुत्र थारू समुदायको अहम् भूमिका रहेको बताएका छन् । उनले थारू कल्याणकारिणी सभा बाणगङ्गा नगर समितिद्वारा आयोजित ५ औं बाणगङ्गा नगर स्तरीय माघी ( खिचडी ) महोत्सवलाई सम्बोधन गर्दै  यस्तो बताएका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले  एसियाकै पुरानो समुदाय थारू समुदाय रहेको दावी समेत गरे । उनले थारू समुदायको आन्दोलन र त्यागबाट देशमा धेरै परिवर्तन आएको भन्दै राज्यका कुनै निकायले यस समुदायको हितका निम्ति कुनै पनि नीति नबनाएको बताए ।

 मन्त्री चौधरीले थारू समुदायको पहिचान र संस्कृति बचाउनका लागि यस्ता मेला महोत्सवले अहम् भूमिका खेल्ने भन्दै आयोजकलाई धन्यवाद दिए । 

त्यस्तै प्रदेश सांसद गिरधारीलाल न्यौपानेले थारू समुदायको विशेष पर्वको रुपमा माघी महोत्सव रहेको भन्दै थारू समुदायको संस्कृति र पहिचान देशको चिनारीको रुपमा रहेको बताए । सांसद न्यौपानेले विविधतामा एकता रहेको देशमा अझ प्रगाढ सम्बन्ध बनाउनका लागि एक अर्काको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै थारू कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष पवन चौधरी, बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्र पाणि अर्याल, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी लगायतले सम्बोधन गर्दै मेला सफलताको शुभकामना दिएका थिए । 

‘हम्मन राष्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन कइना हम्मनके अभियान’ भन्ने मूल नारा बाणगङ्गा नगरपालिका ११ हथौसामा उद्घाटन गरिएको हो भने महोत्सव माघ ४ गते सम्म चल्ने छ । कार्यक्रममा थारु समुदायको पहिचान र संस्कृति झल्काउने खालका खानाका परिकार, थारू कला, संस्कृति झल्किने विभिन्न झाँकी तथा नाँच, रक्तदान, डेलवा दौड प्रतियोगिता, थारु राष्ट्रिय गायक गायिकाको साथमा स्थानीय कलाकारहरूको प्रस्तुती लगायतका अन्य विविध कार्यक्रम पनि रहेका छन् । 

प्रकाशित : २ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६