काठमाडौं, ०३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताएकी छन् । बुधबार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरु बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर बिस्तारै आकर्षित भइरहेको बताइन्।
उनले अध्ययनरअध्यापन र परीक्षा, नतिजा लगायका विषयहरु सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने बताइन् । उनले अनलाइनमाध्यमबाट अघि बढ्न विश्वविद्यालय पनि माथि उठ्ने विश्वास व्यक्त गरिन् ।
मन्त्री शर्माले भनिन्, ‘नतिजा र परीक्षाहरूका समस्याले गर्दा निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर विद्यार्थीहरू बिस्तारै आकर्षित भइरहेका छन्। त्यहाँ जानुपर्ने बाध्यात्मक स्थिति पनि सिर्जना भइरहेको छ । टियु राम्रो हो तर के गर्नुरु समयमा नतिजा आउँदैन, परीक्षा हुँदैन। कोर्ष पूरा हुँदैन भन्ने गुनासो छ । हामीले हाम्रा परीक्षा प्रणाली, अध्ययनका कुरालाई सूचना र प्रविधिको प्रयोग गरेर अघि बढ्ने हो भने टियुप्रतिका गुनासा समाधान हुनेछन्। विश्वविद्यालय माथि उठ्नेछ।’
उनले सूचना तथा सञ्चार क्षेत्रलाई राज्यले अत्यावश्यक रूपमा लिन नसक्दा यी समस्याहरू सिर्जना भएको पनि बताइन्।








प्रतिक्रिया