प्रदेश

गजेहडा खानेपानीको छैठौं वार्षिक साधारण सभा सम्पन्न, शुद्ध खानेपानी पुर्‍याउन सफल



कपिलवस्तु, ०३ माघ ।
बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरभित्रका करिव ६२ प्रतिशत घरधुरीमा शुद्ध खानेपानी पुगेको बताउनु भएको छ । खानेपानी तथा सरसफाइ समितिको पहल र नगरको अनुगमनका कारण अहिले नगरका खानेपानीमा अशुद्धता नभएको उहाँले बताउनुभयो ।


बुधवार गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । केही खानेपानी संस्थाको व्यवस्थापन पक्षमा थोरै समस्या भएपनि खानेपानी सुरक्षाको हिसाबले अब्बल रहेको उहाँले बताउनुभयो । त्यस्तै मेयर अर्यालले नगरपालिकाले नगर भित्रका खानेपानीको  निरन्तर अनुगमन गरिरहेको भन्दै नगरवासीलाई सुरक्षित पानी पुर्याउन खानेपानी संस्थासँग सहकार्य गरिरहेको बताउनुभयो ।


त्यस्तै कपिलवस्तु खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ जिल्ला अध्यक्ष राजेन्द्र विक्रम साहले खानेपानी कुनैपनि प्राणी र बोटबिरुवाको लागि नभै नहुने तत्व भएकाले यसको सुरक्षा र बचावटमा ध्यान दिनुपर्ने बताउनुभयो । भूपू सैनिक खानेपानीका अध्यक्ष समेत रहनुभएका साहले सुरक्षित खानेपानीको वितरणमा तिनै तहका सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै बाणगङ्गा नगरपालिका वडा नम्बर १ की पूर्व वडा अध्यक्ष तथा सल्लाहकार बालकुमारी पन्त र पूर्व वडा अध्यक्ष गणेश क्षेत्रीले आवश्यकताको आधारमा सहयोग गर्न तयार रहेको भन्दै तेस्रो अधिवेशन बाट जुझारु र सक्षम नेतृत्व चयन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष राज कुमार खाँणले गत आर्थिक वर्षमा गरेका ५० बढी महत्वपूर्ण कार्यहरू प्रस्तुत गर्नुभएको थियो । उहाँले उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै सुरक्षित पानी घरघरमा पुर्याउन प्रतिबद्ध रहेको बताउनुभयो । वाणगङ्गामा बढ्दै गैरहेको जनसङ्ख्यालाई मध्यनजर गर्दै खानेपानीको क्षमतालाई बिस्तार गर्ने बताउनुभयो । त्यस्तै अध्यक्ष खाँणले सानो सङ्ख्यामा रहेका उपभोक्ता बाट अहिले १५ सय ५० उपभोक्ताको घरघरमा सुरक्षित पानी पुर्याउन सफल भएको बताउनुभयो ।
कार्यक्रममा समितिका सचिव बुद्ध शाहीले सचिवको प्रतिवेदन, कोषाध्यक्ष नमुना पौडेलले आर्थिक वर्ष २०७९ / ८० आर्थिक प्रतिवेदन, समितिका लेखा समिति सदस्य अर्जुन पोख्रेलले आन्तरिक लेखा प्रतिवेदन, पानी सुरक्षा समितिको प्रतिवेदन संयोजक ध्रुव मल्लले प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा समिति पुर्व अध्यक्ष शङ्कर पौडेल, सल्लाहकार शङ्कर पाण्डे, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाईँ, विद्यालयको तर्फबाट सिद्धार्थ मा. वि. का अध्यक्ष दलबहादुर थापा, उपभोक्ताको तर्फ बाट कृष्ण बहादुर बिक लगायतले मानिसको स्वास्थ्यमा खानेपानीले ठुलो प्रभाव पार्ने भन्दै उपभोक्तालाई सुरक्षित पानी प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।


सचिव बुद्ध साहिको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा बाणगङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्जु सारु, वडा नम्बर ४ का वडा अध्यक्ष छवि रेस्मी, समितिका पदाधिकारी, उपभोक्ता, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ३ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६