प्रदेश

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु




पाल्पा, ०८ माघ। पाल्पाको रम्भा गाउँपालिकामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवाले ज्यान गुमाएका छन् । रम्भा गाउँपालिका–१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जी.टी. को दुर्घटनामा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता श्रीराम भट्टले जानकारी दिए ।

पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे कालीगण्डकी करिडोरमा दुर्घटना भएको थियो । मोटरसाइकल कालीगण्डकी नदी किनारमा खसेको थियो ।

मोटरसाइकल चालक जी.टी.को दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई रामपुर अस्पताल पाल्पामा राखिएको छ ।

प्रकाशित : ८ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६