प्रदेश

रुपन्देहीमा मोटरसाइकल जुध्दा दुईजनाको मृत्यु



रूपन्देही, ८ माघ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका दुई मोटरसाइकल एक आपसमा जुध्दा एक भारतीय सहित दुई जनाको मृत्यु भएको छ । महिलवार–पडरिया सडक खण्डको लंकापुरमा आइतबार सांझ कपिलवस्तुको शुद्धोधन गाउंपालिका ५ हथिहवाका ४५ वर्षिय का शिवशंकर यादव सवार लु ५८ प २७२८ नम्बरको र भारत उत्तरप्रदेश नौगढका ३० वर्षिय जयप्रकाश गुप्ता सवार युपी ५५ एएन १११२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुबै चालकको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते दुबैजनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । दुबैको शब पोस्टमार्टमको लागि भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

बाक्लो हुस्सु लागेर मौसम धुमिल हुंदा सडकको अवस्था स्पष्ट नदेखिन सक्ने भएकाले सवारी साधन चलाउंदा सडकमा ध्यान दिन र धेरै तीब्र गतिमा नचलाउन प्रहरीले अनुरोध गरेको छ । दुर्घटना भएको ठाउंमा कल्भर्ट बनाउन सडकलाई वान वे बनाइएको थियो ।

प्रकाशित : ८ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६