देश

राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिदेखि



काठमाण्डौं, ०८ माघ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज राती १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ। मध्यरातदेखि मौन अवधि सुरु भएपछि उम्मेदवारले चुनाव प्रसार/प्रसार गर्न र मतदातालाई प्रभावित नपाउने निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन र प्रचारप्रसार गर्न नहुने उल्लेख छ।

मौन अवधिभर कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि पनि रोक लगाइएको छ। १९ सीटमा हुने निर्वाचनमा उम्मेदवारी दर्तापछि दलका नेताहरू अहिले प्रचारमा व्यस्त छन्।

प्रकाशित : ८ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६