प्रदेश

मौलिक संस्कृतिको संरक्षण र विकासमा जोडः नेता भट्टराई




कपिलवस्तु, ०८ माघ ।
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले पार्टीले मौलिक सांस्कृतिको संरक्षण गर्दै प्रगतीशिल संस्कृतीको विकासमा जोड दिएको बताउनु भयो । नेकपा (एमाले) कपिलवस्तुद्धारा आयोजित तिन दिवसिय जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई जिल्लाको गोरुसिंगेमा सम्बोधन गर्दै नेता भट्टराईले यस्तो धारणा राख्नु भएको हो ।

त्यस्तै प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले)का केन्द्रिय प्रशिक्षण विभाग प्रमुख काशि नाथ अधिकारीले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना गरेको नेकपा (एमाले)लाई कमजोर पार्न देशी विदेशी शक्ति क्रियाशिल रहेको धारणा राख्नु भयो । नेता अधिकारीले समाजवाद निर्माणको आधार तयारका निम्ति नयाँ उर्जाका साथ जनताका बीच पार्टी काम लैजानु पर्ने बताउनु भयो । नेता अधिकारीले एमाले अरु पार्टी भन्दा फरक पार्टी हो भन्ने विषय एमालेले जनताका बीच स्पष्ट पारेको जिकिर गर्नु भयो । परिवर्तनका निम्ति संकल्प गरेर केही गर्छु भन्ने कुरा पार्टी कार्यकर्ताले चिन्नु पर्ने धारणा राख्नु भयो । अधिकारीले हरेक कार्यकर्ताले त्यागको भावनाबाट अगाडी बढनुपर्ने आवश्यक रहेको चर्चा गर्दै पार्टीलाई राम्रो संग चिन्नुपर्ने दावी गर्नु भयो ।
प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रिय उपमहासचिव एवम् केन्द्रिय स्कूल विभाग प्रमुख प्रदिप ज्ञवालीले माक्र्सबादी दर्शन र सामाजिक रुपान्तरण, केन्द्रिय सचिव, लुम्बिनी इन्चार्ज एवम् पूर्व मन्त्री पदमा अर्यालले दलहरुको तुलनात्मक अध्ययन, एमाले पोलिटब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले कपिलवस्तु र विकास सम्बन्धी पार्टी दृष्टिकोण विषयमा प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले पार्टी र जनसंगठन बिचको अन्र्तसम्बन्ध, एमाले केन्द्रिय सदस्य एवम् कपिलवस्तु प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले कपिलवस्तुको कम्युनिष्ट आन्दोलन, एमाले केन्द्रिय संगठन विभाग प्रमुख काशि नाथ अधिकारीले संगठन निर्माण,व्यवस्थापन तथा परिचालन, एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीले आर्थिक अनुशासन र लेखा व्यवस्थापन, एमाले केन्द्रिय स्कूल विभाग सदस्य वद्री खनालले राजनीतिक अर्थशास्त्र, प्रशिक्षक वाई पि. आचार्यले विज्ञान प्रविधि, सुचना र संचार, एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले कपिलवस्तु संगठनको अवस्था र भावी प्रशिक्षणको योजना प्रस्तुत गर्नु भएकोे नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रककाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

नेकपा (एमाले) जिल्ला कमिटी, कपिलवस्तुद्धारा आयोजित जिल्ला स्तरीय प्रशिक्षणको समापन कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, एमाले केन्द्रिय सदस्य एवम् प्रतिनिधी सभा सदस्य सराज अहमद फारुकी, एमाले केन्द्रिय सदस्य शुसिल श्रीवास्तव लगायतका नेताहरुको आतिथ्यता रहेको एमाले जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले जानकारी दिनु भयो । कार्यक्रमको संचालन जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : ८ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६