प्रदेश

कपिलवस्तु उद्योग वाणिज्य सङ्घमा कडेल नेतृत्वमा रास्वपा टिमको उम्मेद्वारी घोषणा 



कपिलवस्तु, ९ माघ । यही माघ २३ गते हुने कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन हुने भएसँगै उम्मेद्वारी घोषणाको क्रम पनि बढ्दै गएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको हो । 

यसै क्रममा कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचन सम्मै पुग्ने गरि लक्ष्मण कडेल नेतृत्वको टिम घोषण भएको छ । जसमा लक्ष्मण कडेल अध्यक्षको उम्मेद्वार हुन । त्यस्तै  महिला उपाध्यक्ष सरस्वती सुवेदी जि. सी, उद्योग उपाध्यक्षमा देविलाल कडेल, वस्तुगत उपाध्यक्षमा ज्ञान बहादुर थापा, महासचिवमा बुद्दी सागर बेल्बासे, कोषाध्यक्षमा सरोज रेग्मी लगायतको उम्मेद्वारी टुङ्ग्याइएको  छ । अन्य पदको लागि गृहकार्य भइरहेको स्वतन्त्र टिमले जनाएको छ । सकेसम्म क्षेत्रगत रुपमा व्यवसायिक हितको लागि उम्मेदवारहरूको पहल भएको जनाईएको छ । 

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६