देश

प्रधानमन्त्री कप क्रिकेट स् पुलिसको लगातार पाँचौँ जित, कोशीको लगातार आठौँ हार



काठमाण्डौ, १० माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ । मूलपानीमा आज भएको खेलमा पुलिसले मधेसलाई ६ विकेटले हरायो ।

मधेसले दिएको ९७ रनको सामान्य लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । पुलिसका सुनिल धमलाले २८ रन बनाए । मधेसका रञ्जित कुमार र अरनिको यादवले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मधेस २४ ओभरमा ९६ रनमा अल आउट भयो । मधेसका अरनिको यादवले २३ र कप्तान हरिशङ्कर शाहले २२ रन बनाए । पुलिसका सागर ढकालले ५ र ललित राजवंशीले ४ विकेट लिए ।

यस्तै कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८ विकेटले हरायो । प्रतियोगितामा कोशीको यो लगातार आठौँ हार हो ।

कोशीले दिएको १ सय २४ रनको लक्ष्य सुदूरपश्चिमले २१ ओभर १ बलमा २ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका नरेन भट्ट ५४ र प्रकाश पाण्डे ३४ रनमा नट आउट रहे । कोशीका फिर्दोश अन्सारीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको कोशी ३२ ओभरमा १ सय २३ रन बनाउँदा अल आउट भयो । कोशीका मीनाश थापाले २६ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले ५ र विकाश आग्रीले ४ विकेट लिए । सुदूरपश्चिमले ५ खेलमा ८ अङ्क जोडेको छ । प्रतियोगितामा जितविहीन कोशी पुछारमा छ ।

प्रकाशित : १० माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६