प्रदेश

कपिलवस्तु उद्योग वाणिज्य संघमा न्यौपानेको प्यानलका २ उपाध्यक्षका उम्मेद्वार सेन र पौडेल



कपिलवस्तु, १० माघ ।
कपिलवस्तु उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि विभिन्न दलबाट विभिन्न प्यानल सार्वजनिक हुने क्रम चलिरहेको छ । यता केहि दिन अघि वौद्धिक र शैक्षिक व्यक्तिहरुसंग समन्वय गरि अध्यक्ष पदका उम्मेद्वार युवा व्यवसायि मोहन न्यौपानले प्यानल घोषणा गरि सार्वजनिक गर्ने बताउनुभएको थियो । सोहि अनुरुप न्यौपानले वस्तुगत उपाध्यक्ष र एसोसियट उपाध्यक्षको नाम सार्वजनिक गर्नुभएको छ।

नेतृत्वका निम्ति बलियो उम्मेद्वारको रुपमा प्रस्तुत भएका न्यौपानेको प्यानलमा काष्ठ व्यवसायि रनेन्द्र सेन तथा शैक्षिक व्यक्तित्व बुद्धिराम पौडेलको नाम क्रमशः वस्तुगत र एसोसियट उपाध्यक्ष पदको उम्मेद्वारको रुपमा सार्वजकि भएको छ । वस्तुगत उपाध्यक्ष तर्फका उम्मेद्वार सेनले कपिलवस्तु उद्योग वाणिज्य संघको ३ कार्यकाल सदस्य, ४ वटा महोत्सवमा सुरक्षा संयोजकको मुमिका कुशलतापुर्ण निर्वाह गरेको र हाल कपिलवस्तु वन पैदवार उद्योग व्यवसायी संघको अध्यक्ष समेत रहनुभएको छ भने अर्का उम्मेद्वार पौडेल कार्यकाल कपिलवस्तु उद्योग वाणिज्य संघको सदस्य रहनुभएको थियो भने हाल हिलबर्ट ईङ्गिलस बोर्डिङ्ग स्कुलको प्रबन्ध निर्देशक रहनुभएको छ ।

एमाले, काँग्रेस, माओवादी रास्वपा निकटका सबै व्यवसायीले आफूलाई विश्वास गर्ने र संघको नेतृत्व पाएपछि सबैलाई मिलाएर लैजाने आफू संग क्षमता रहेको दावी गरेका न्यौपानेको प्यानल एमाले समर्थित छ । हाल सम्म तिन वटा पदमा मात्र उम्मेद्वारको नाम सार्वजनिक गरेका न्यौपानेले थप सरसल्लाह गरी अन्य पदको नाम पनि छिट्टै सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

उता अहिलेसम्म काँग्रेसबाट गणेश बहादुर क्षेत्रीको नेतृत्वमा प्यानल सार्वजनिक भएको छ भने रास्वपा प्यानलमा लक्ष्मण कँडेलको नेतृत्व छ । काँग्रेसका क्षेत्रीको प्यानलबाट एसोसियट उपाध्यक्ष पदमा राम जि सेन र वस्तुगत उपाध्यक्षमा शालिकराम भुसालको नाम सार्वजनिक भएको छ ।

त्यस्तै रास्वपाका कँडेलको नेतृत्वमा महिला उपाध्यक्षमा सरस्वति सुवेदी जिसी, उद्योग उपाध्यक्षमा देबीलाल कँडेल,वस्तुगत उपाध्यक्षमा ज्ञान बहादुर थापा, महासचिवमा बुद्धिसागर बेल्बासे र कोषाध्यक्ष्ममा सरोज रेग्मि को नाम सार्वजनिक भएको छ भने केहि दिन अघि पत्रकार सम्मेलन गरी अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएका रमेशचन्द्र भुसालले अन्य उम्मेद्वारको नाम भने सार्वजनिक भएको छैन ।

यता नगरको तेस्रो दल माओवादीले काँग्रेस या एमालेमध्ये कसलाई सघाउने भन्ने कुरामा अलमलमा छ, यद्यपि काँग्रेस र एमाले मध्ये दुवैसँग वार्गेनिङ गरिरहेको छ । अधिवेशन माघ २३ गते संघको कार्यालय बुद्ध रंगशाला जितपुरमा हुँदैछ ।

प्रकाशित : १० माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६