प्रदेश

लुम्बिनी प्रदेशः १२ बजेसम्म २५७ जनाले हाले भोट



दाङ, ११ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाका २ सिटका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा जारी मतदानमा अहिले १२ बजेसम्म २५७ जनाले मतदान गरेका छन्।

बिहान ९ बजेदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म हुनेछ। निर्वाचन आयोगले आजै मतगणना गरेर नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ। मतदानमा प्रदेश सभातर्फ २५ जना महिला र ४९ जना पुरुष गरी ७४ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

प्रदेशसभा तर्फ ८७ जना मतदाता रहेका छन्। मतदानमा प्रदेशतर्फ लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पहिलो मतदान गरेका थिए।

यस्तै स्थानीय तहतर्फ ७० जना महिला र ११३ जना पुरुष गरी १८३ जनाले मतदान गरेका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २१८ जना मतदाता रहेका छन्। तहमा स्थानीय तह तर्फबाट घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पहिलो मतदान गरेका थिए। निर्वाचनमा प्रदेश र स्थानीय तहका गरी ३०५ जना मतदाताहरू रहेको निर्वाचन कार्यालयले जनाएको छ।

लुम्बिनीबाट राष्ट्रिय सभाका लागि गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्यतर्फ माओवादीका झक्कुप्रसाद सुवेदी उम्मेदवार छन्।

त्यस्तै एमालेबाट अन्यतर्फ झपेन्द्रबहादुर घर्ती र महिलातर्फ तुलसा केसी, राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट अन्यतर्फ बालगोविन्द चौधरी उम्मेदवार रहेका छन्।

प्रकाशित : ११ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६