प्रदेश

राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सव, वाणगङ्गाका सेवाग्राही सम्मानित



कपिलवस्तु, ११ माघ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वाणगङ्गा शाखाले ५९ औं वार्षिक उत्सवको अवसरमा वाणगङ्गाका सेवा ग्राही तथा यवसायीहरुलाई सम्मान गरेको छ । वाणिज्य बैंकमा निरन्तर रुपमा कारोबार गर्दै आएका उद्योगी, कृषि क्षेत्रमा काम गरेका व्यवसायी, अन्य व्यवसायीहरूलाई प्रमाण पत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक वाणगङ्गा शाखा प्रबन्धक रोमनाथ न्यौपानेले बैकको उद्देश्य, काम कर्तव्यका बारेमा बताउँदै सेवा ग्राहीका लागि छिटो छरितो सहुलियत दरमा बिभिन्न कर्जा प्रदान गर्दै बचतमा मुद्दती तर्फ राम्रो ब्याजदर दिने गरेको बताए । उनले आधुनिक प्रविधि मैत्री, मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, एटीएम कार्ड जस्ता अनेकौं सेवा सुविधा दिदै आएको बताए । साथै बैकको ५९ औ वार्षिक उत्सवको अवसरमा बैकले ,मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, एटीएम जस्ता सेवामा चैत्र मसान्त सम्म निशुल्क रुपमा उपलब्ध गराउने बताए ।

बैंकबाट निरन्तर कारोबार गर्दै आएका ज्ञानराज भण्डारी, गिरिराज कडेल, गोविन्द घिमिरे, प्रदिप चौधरी, गणेश पोख्रेल, पार्वती आचार्य, लगायतलाई सम्मन गरिएको हो । सम्मान कार्यक्रमको सञ्चालन शाखाकी सहायक प्रबन्धक रचना गौतमले गरेकी थिइन ।

प्रकाशित : ११ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६